देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले अब सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनुपर्छ : सांसद दिव्य मणि

देशान्तर

नेपाली कांग्रेसका सांसद दिव्य मणि राज भण्डारीले कांग्रेसकै नेतृत्वमा संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्च अदालतले सत्तारुढ दल नेकपाको बैधानिकता खारेज गरेकाले अब सरकारमा केपी ओलीलाई बसिरहन पनि नैतिकता नभएको प्रष्ट पारे ।

रेडियो देशान्तरसँग सोमबार विहान कुरा गर्दै कांग्रेस सांसद राजभण्डारीले प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि तत्कालिन कांग्रेस सभापति सुशिल कोइरालाले प्रधानमन्त्री पदबाट दिएको राजीनामा जसरी ओलीले पनि राजीनामा दिनुपर्नेमा जोड दिए ।

नभए कांग्रेसको संसदीय दलको नियमति बैठक बोलाएर आगामी रणनीतिबारे औपाचारिक धारणा तय गर्नुपर्नेमा पनि जोड दिए । सांसद् राजभाण्डारीले कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउनका लागि अविश्वासको प्रस्ताव दर्ता गर्नुपर्नेमा जोड दिएका छन् ।

सर्वोच्च अदालतले आइतबार नेकपाको नामसम्बन्धी विवादबारे फैसला गर्दै ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई बैधानिकता दिएसँगै पूर्व एमाले र माओवादी पार्टी विउँतिएको छ ।

तर, संवैधानिक ब्यवस्था अनुसार ती पार्टीको महाधिवेशन नभएको पनि साढे ५ बर्षभन्दा माथि भइसकेकाले उनीहरुको पनि बैधानिकता सकिएको र संसदमा ती दुई दलबाट प्रतिनिधित्व गर्ने सांसदहरु अब स्वतन्त्र सांसदको हैसियतमा रहेको पनि बताए ।

अहिले नेपाली कांग्रेस संसदीय दलको काँधमा ठूलो जिम्मेवारी आएको तर्फ इंगित गर्दै सांसद राजभण्डारीले जनचाहना र भावना अनुसार अघि बढ्दै देशलाई निकास दिनुपर्नेमा पनि जोड दिए ।