देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

धुम्बाराहीमा आज एमाले पार्टीको साइनबोर्ड राखिने

देशान्तर

सर्वोच्च अदालतको फैसलापछि आज धुम्बाराहीस्थित नेकपा कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखिने भएको छ ।

देशभरका पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राख्ने क्रममा धुम्बाराहीमा पनि नयाँ साइनबोर्ड टाँगिन लागेको हो ।

अधिकांश जिल्लामा पार्टी कार्यालयको साइनबोर्ड फेरिन लागेको छ । नेकपाको एकता खारेज भएपछि नेकपा एमालेको साइनबोर्ड राख्न देशभर अभियान चलेको छ ।

नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको धुम्बाराहीस्थित कार्यालयमा पनि यही क्रममा एमालेको साइनबोर्ड राख्ने तयारी छ ।

सर्वोच्च अदालतले सोमबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेललाई दिएसँगै एमाले र माओवादी केन्द्रका रुपमा अलग अलग भएका हुन् ।