देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रले बनायो ४ सदस्यीय कार्यदल

देशान्तर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ४ सदस्यीय कार्यदल बनाएको छ । बुधबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संगठन निर्माणलाई ठोस रूप दिन ४ सदस्यीय कार्यदल बनाएको हो ।

नेता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार कार्यदलमा नेताहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुसाल र जनार्दन छन् ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसँग भएको छलफलबारे ब्रिफिङ्ग गरेका थिए ।