काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको लडाइँ लड्न बाँकी रहेको बताएका छन् सहिद भरत ढुंगाना स्मृतिग्रन्थ सार्वजनिकीकरण तथा परिचर्चा कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।
राष्ट्रिय स्वाधीनताको लडाइँ पूर्ण नभएकाले स्वाधीनताको लडाइँ लड्न बाँकी रहेको उनले उल्लेख गरे । ‘यो प्रतिक्रियावादी देशी–विदेशीहरुले नेपालको राष्ट्रिय स्वाधीनतालाई, नेपाली जनताको आत्मनिर्णयको अधिकारलाई फेरि एकचोटि जर्बजस्ती कुल्चिने दुस्साहस भइराखेको छ ।’ उनले भने, ‘म चिन्तित छु । म आक्रोशित पनि छु । म आफैँ आन्दोलित पनि छु । साथीहरु विचार गर्नुहोला । हामीले राजनीतिक हिसाबले सामन्ती तन्त्रमाथि विजय हासिल गरेकै हो । तर, राष्ट्रिय स्वधीनताको लडाइँ पूर्ण भएको छैन । हामीले अझै लड्न बाँकी छ भनेको त्यहीँनिर हो ।’
अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको उपलब्धि र प्रचण्डलाई निस्तेज पार्नमा प्रतिक्रियावादीले ध्यान केन्द्रित गरेको बताए । आफूभित्र आवेग र आक्रोश रहेको भन्दै प्रचण्डले नेपालको स्वतन्त्रता र जनताको आत्मनिर्णयको अधिकारमाथि कसैले धावा बोले नेपाली जनतालाई विद्रोह गर्ने अधिकार हुने चेतावनी समेत दिए ।





प्रतिक्रिया