काठमाडौं । तत्कालिन माओवादी केन्द्रका नेताहरु अब एमालेमै बस्ने भएका छन् । उनीहरु एमालेमै बस्ने भएपछि अध्यक्ष केपी ओलीले माओवादी केन्द्रबाट आएका २२ नेतालाई एमाले केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।
गृहमन्त्रीसमेत रहेका रामबहादुर थापासहितका २२ नेतालाई ओलीले शुक्रबार केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् । माओवादी केन्द्रले पार्टीमा फर्किन आग्रह गरिरहेका बेला उनीहरुले एमालेमा जिम्मेवारी पाएपछि अब माओवादी केन्द्रमा नफर्कने निश्चित भएको हो ।
को को भए केन्द्रीय सदस्य ?
१) रामबहादुर थापा, २) टोपबहादुर रायमाझी, ३) लेखराज भट्ट, ४) मणिचन्द्र थापा, ५) प्रभु शाह, ६) टंक आङबुहाङ, ७) पासाङ शेर्पा, ८) ज्वाला शाह, ९) टेकबहादुर बलामी, १०) कमल चौलागाई, ११) मनोज थापा, १२) खिमलाल अधिकारी, १३) लिलाबहादुर थापा, १४) दधिराम न्यौपाने, १५) दिनेश पन्थी, १६) नवीन रोका, १७) धर्मराज रेग्मी, १८) डम्बर विष्ट, १९) गौरीशंकर थारु, २०)
झपट बोहोरा, २१) दावा लामा, २२) चन्द्रबहादुर खड्का ।
त्यस्तै एमालेमा दुई नेतालाई प्रदेश इन्चार्जको जिम्मेवारी पनि दिइएको छ । जसमा रामबहादुर थापालाई बागमती प्रदेश र लेखराज भट्टलाई सुदूरपश्चिमको इन्चार्ज बनाइएको छ ।





प्रतिक्रिया