देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

काँग्रेस-जसपा बैठक सकियो, छलफल सकारात्मक

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) का शिर्ष नेताहरुको बैठक सकिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको छलफलमा जसपाले राख्दै आएका तीन मागहरु राखेको जसपाका नेताहरुले बताएका छन् । आजको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

नेता ठाकुरले बैठकपछि कुरा गर्दी नागरिकता समस्या, जेलमा भएका नेता कार्यकर्ताको रिहाइलगायतमा आफुहरुका माग काँग्रेस समक्ष राखेको बताए । त्यस्तै बैठकमा प्रमुख प्रतिपक्षी दलको हैसियतले राष्ट्रिय राजनीतिको निकासका लागि कांग्रेसले अग्रसरता लिनुपर्ने सुझाव पनि जसपा नेताहरुले काँग्रेसलाई दिएका छन् ।

बैठकपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रिय रुपमा साझा धारणा बनाउनुपर्नेमा सहमति भएको बताउदै प्रमुख प्रतिपक्षी दलले विशेष अग्रसरता लिनुपर्छ भन्ने कुरा जसपाबाट आएको बताए ।

बैठकमा कांग्रेसका सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशाङ्क कोइराला, नेता कृष्णप्रसाद सिटौला लगायत सहभागी थिए भने जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्षद्वय उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महत्तो लगायत सहभागी थिए । जसपासँगको बैठकअघि कांग्रेसका पदाधिकारी र पुर्वपदाधिकारीको बैठक बसेको थियो ।