देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाल-नेपाल समूहले भन्यो- ओलीको एकल निर्णय मान्न सकिन्नँ

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट केन्द्रीय सदस्यहरु बोलाएर बालुवाटारमा गरेको निर्णयलाई वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले अवैधानिक भनेको छ ।

प्रधानमन्त्री समेत रहेका ओलीले शुक्रबार केन्द्रीय कमिटी बोलाएर माओवादीबाट आएका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए । त्यस्तै उनले प्रदेश इन्चार्ज पनि हेरफेर गरेका थिए । यसैलाई लिएर माधव–झलनाथ पक्षको बानेश्वरस्थित एक होटलमा बसेको आकस्मिक स्थायी कमिटी बैठकले नमान्ने निर्णय लिएको हो ।

‘ओलीको यो निर्णय पार्टी नियमावली र विधि अनुसार भएन । यो बैठक विधि विपरीत बसेको हो । यसको कुनै वैधानिकता छैन, यसलाई हामी अवैध मान्छौँ’ बैठकपछि नेता भीम रावलले भने, ‘यो तरिकाको बैठक पार्टी विधान विपरीत छ । हामी स्वीकार्दैनौँ, यो बैठकले पार्टीलाई विभाजनमा लैजान्छ ।’

प्रतिशोध साध्न गरिएको कारवाही विधि विधान विपरीत छ भएको उनले बताए । ‘केन्द्रीय कमिटी बैठक नै बसेको छैन । यस्तो अवस्थामा ओलीको निर्णय अमान्य छ,’ उनले भने, ‘हामी यसको प्रतिकार गर्छौं ।’