देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

असफल कम्युनिस्टसँग मिलेर सरकार बनाउनुभन्दा कांग्रेस चुनावमा जानुपर्छ : कमल थापा

देशान्तर

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिस्ट पार्टीले मिलेर सरकार बनाउन गरेको प्रस्ताव अस्वीकार गरी चुनावमा जान नेपाली कांग्रेसलाई सुझाव दिएका छन्।

थापाले शनिबार बिहान ट्विट गर्दै कम्युनिस्टसँग मिलेर सरकार बनाउनुभन्दा नयाँ चुनावमा जानुपर्ने सुझाव दिएका छन्।

‘गत चुनावमा जनताले स्थायित्व र समृद्धिका लागि कम्युनिस्टलाई मत दिएका हुन्। नेकपा कुर्सी/पैसाको झगडाले फुट्यो, जनतालाई धोका दियो‚’ अध्यक्ष थापाले लेखेका छन्‚ ‘त्यही असफल/भ्रष्ट कम्युनिस्टसॅग मिलेर सरकार बनाउने कांग्रेसको चाहना उदेक लाग्दो छ। कम्युनिस्टसॅग मिलेर सरकार बनाउन अस्वीकार गरी कांग्रेस नयाँ चुनावमा जानुपर्छ।’