देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माग पूरा नभइ कसैसँग सहमति हुँदैन महन्थ ठाकुर

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी ( जसपा ) का अध्यक्ष महन्थ ठाकुरले सबैतिर आफ्नो एजेण्डाबारे छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेको बताएका छन्।

आज सत्ता समीकरणबारे नेकपा माओवादी केन्द्रसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘कुराकानी राम्रो भयो‚ निष्कर्षमा पुगेका छैनौँ। अहिले हामीले मधेश र जनजातिको समस्याको विषयमा उठाइरहेको छौँ। हाम्रो हातमा केही छैन। संसद र प्रशासनमा उहाँहरुको बर्चश्व छ।

उनले आफ्नो माग पूरा नभएसम्म कुनै विषयमा सहमति नबन्ने प्रष्ट्याए। ‘माग पूरा भयो भने ठिकै छ। होइन भने उहाँहरुले जे गर्नुहुन्छ गर्नुहुन्छ’ उनले भने, ‘हामी न्यायको खोजीमा छौँ। तर, कतैबाट न्याय पाउने वातावरण बनिरहेको छैन।

तीन दलीय गठबन्धनको विषयमा परिणाम नआएको बताउँदै फेरि छलफल गर्ने उनले बताए।