देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाल – खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

देशान्तर

काठमाडौं . नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ। ए वान पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गरेपछि कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्न बैठक बसेको हो। ओली पक्षले बालुवाटारमा बोलाएको बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गर्दै माओवादी केन्द्रबाट एमालेमा रहेका २३ जना नेतालाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो।

शुक्रबार साँझ पनि नेपाल–खनाल समूहको स्थायी कमिटी बैठक बसेको थियो। बैठकले बालुवाटारमा ओली समूहले गरेका निर्णयहरु अस्वीकार गर्ने निर्णय गरेको थियो। बैठकमा उपस्थित नेताहरुले ओलीले पेलेर जाने भए समानान्तर कमिटी बनाउन सुझाव दिएका थिए।