देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

परिस्थिति आयो भने कांग्रेस जिम्मेवारीबाट भाग्दैन : देउवा

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट पार्टीको बिरुद्धमा लड्नुपर्ने बेला भएको बताएका छन्।

शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिस्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागुगर्न चाहेका कारण प्रजातन्त्रलाई स्थायी बनाउन कम्युनिस्ट पार्टीको खिलापमा लड्नुपर्ने बेला आएको बताएका हुन्।

कम्युनिस्टहरू प्रजातन्त्रको खिलापमा रहेको भन्दै सभापति देउवाले नेपालमा कसैले हटाउन नसक्ने स्थायी प्रजातन्त्र स्थापना गर्नुपर्नेमा जोड दिए