देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश १ प्रदेशसभा बैठक फेरि अनिश्चितकालका लागि स्थगित

देशान्तर

काठमाडौ । प्रदेश नम्बर १ को प्रदेश सभाको बैठक स्थगित भएको छ। चैत २ गते सोमबारका लागि बोलाइएको प्रदेशसभभाको हिउँदे अधिवेशनको चौथो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले आइतबार विज्ञप्ति निकालेर विशेष कारणबस अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

विशेष कारणबस भनिए पनि सर्वोच्च अदालतको फैसलापछि राजनीतिक परिदृष्य फेरिएका कारण संसद बैठक स्थगित गरिएको सांसदहरुले बताएका छन्।

प्रदेश सभामा तत्कालीन सत्तारुढ नेकपाकै सांसदहरुको सक्रियतामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ।