देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्रीय कमिटी बैठक पेरिसडाँडामा सुरु

देशान्तर

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ। आजको बैठकमा नेताहरुले आ-आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। नयाँ सरकार गठनबारे पनि बैठकमा छलफल भइरहेको बैठकमा सहभागी नेताहरुले बताएका छन्। आइतवार सुरु भएको बैठकमा पार्टीको सांगठनिक अबस्थाका बारेमा नेताहरुले ब्रिफिङ गरेका थिए।

यस्तै, माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई पनि तत्काल फर्कन बैठकले निर्देशन दिएको थियो। पार्टीमा फर्किन निर्देशन दिए पनि शनिवारको स्थायी कमिटी बैठकले सरकारमा सहभागी तथा एमालेमा प्रवेश गरेको बारे २४ घण्टे स्पष्टिकरण सोधेको थियो। माओवादी केन्द्रले हालसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।