देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसद बैठक बस्दै

देशान्तर

पुनःस्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज दिउसो बस्दैछ । संसद भवन नयाँ वानेश्वरमा दिउसो एक बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा पनि सरकारका तर्फबाट विभिन्न अध्यादेश पेश नहुने भएपछि बैठक विजनेश विहीन हुने देखिएको छ ।

आजको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची राखिएको छ ।

अधिवेशन शुरु भएको पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भए पनि प्रतिनिधिसभाको तेस्रो बैठकमा समेत सातवटा अध्यादेश पेश नहुने भएको छ । सोमबार बसेको कार्य व्यवस्था समितिको बैठक बिना निष्कर्ष सकिएपछि सरकारले पेश गर्ने विभिन्न अध्यादेश अन्योलमा परेका हुन् ।

कार्य व्यवस्था परामर्श समतितिको बैठकमा कानुन मन्त्री लीला श्रेष्ठ नै अध्यादेश पेश गर्न तयार नभएको अन्य दलले आरोप लगाएका छन् ।

उनले प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताएपछि कार्यव्यवस्था परामर्श समिति बैठकमा सहमति जुट्न नसकेको हो । संसद नचलेको अवस्थामा सरकारले जारी गरेका आठवटा अध्यादेश बैठकमा पेश गर्नुपर्ने कार्यसुची छ ।