देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुधबारको हुने कार्यक्रमको प्रमुख अतिथि भएर आउन ओलीलाई भट्टराईको आग्रह

देशान्तर

काठमाडौँ – नेकपा एमालेका प्रचार प्रसार विभाग प्रमुख एवं माधव नेपाल समूहका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबारको कार्यकर्ता भेलामा प्रमुख अतिथिको रुपमा सहभागी हुन आग्रह गरेका छन् । नेपाल समूहले बुधाबार आयोजना गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता भट्टराईले पार्टी अध्यक्ष समेत रहेका ओलीलाई कार्यक्रममा नजर नलगाई प्रमुख अतिथिका रुपमा सहभागी हुन आग्रह गरेका हुन् ।

मंगलबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले भोलिको भेलामा उहाँहरू कति तमासा गर्नुहुन्छ, एक नजर त्यता राखिनेछु भन्दै भेलामा सहभागी नहुन नेता, कार्यकर्तालाई आग्रह गरेका थिए । नेपाल पक्षले चैत ४ र ५ गते आफू पक्षीय कार्यकर्ताहरुको राष्ट्रिय भेलाको आयोजना गर्दैछ । भेलामा दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेता भट्टराईले जनाएका छन् ।

उक्त भेलामा कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता हुने नेपाल पक्षले बताएको छ ।