देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

केही दिनका लागि ५५ वर्ष माथिकालाई कोरोना भ्याक्सिन लगाउने कार्यक्रम स्थगित

देशान्तर

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५५ वर्ष माथिकालाई कोरोना विरुद्धको खोप लगाउने कार्यक्रम केही दिनका लागि स्थगित गरेको छ।

स्वास्थ्य सेवा विभागका प्रमुख दीपेन्द्ररमण सिंहका अनुसार सरकारको निर्धारित कार्यक्रम अनुसार बुधबारदेखि ५५ वर्ष उमेर समूह माथिकालाई खोप लगाउने योजना थियो।

उनले भने, खोप अभियान नै रद्द भएको होइन, पहिले ५५ वर्षदेखि माथिकालाई पहिले वा दीर्घ रोगीलाई लगाउने भन्नेबारे छलफल हुँदैछ, निर्णय भएपछि खोप अभियान सुचारू हुन्छ।


६५ वर्ष उमेर माथिकालाई खोप लगाउने कार्यक्रम आजदेखि सकिएको छ। पहिलो चरणमा कोभिशील्ड खोप माघ १४ गतेदेखि २४ गतेसम्म लगाइएको थियो।