देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको हो : नेपाल

देशान्तर

काठमाडौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको बताएका छन्।

बुधबार एमालेको खनाल–नेपाल समूहले सानेपामा गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले पार्टीभित्र भएको विग्रह र वितण्डाको जिम्मा ओलीले नै लिनु पर्ने बताए।

उनले ओलीकै कारण पार्टीमा वितण्डा मच्चिएको र पार्टी विभाजन र विसर्जनको दिशामा पुगेको आरोप लगाए। गुटको सुरुवात उहाँले गरेको हो मदन भण्डारी फाउण्डेशनको नामबाटु, अगुवा कार्यकर्ताप्रति लक्षित गर्दै नेपालले भने, त्यो तपाईहरुले पनि जिल्लामा भोग्नुभएको छ, तपाइँहरु पनि पीडित हुनुहुन्छ, हामी पनि पीडित, त्यसैले पीडित पीडित एकैठाउँमा आएकाले यो एकता अटुट रहन्छ।

केपी ओलीमा भएको अहंकार, गुटगत प्रवृत्ति, भजन मण्डलीबाट मुक्त नभएसम्म पार्टी चलायमान हुन नसक्ने उनको दाबी छ।