देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज पनि

देशान्तर

नेकपा एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज पनि जारी छ । ललितपुरको एक होटलमा जारी भेलाले पार्टीको भावी कार्यदिशा तय गर्नेछ ।

पार्टीको अन्तरसंघर्ष संगठनका आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने रणनीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो ।

भेलामा हिजो आगामी कार्यदिशा तय गर्न विभिन्न समूह गठन गरिएका छन् । समूहले आफ्नो निस्कर्ष आज प्रस्तुत गर्ने कार्यक्रम छ । धेरै समूहले पार्टी अध्यक्ष ओलीलाई सच्चाउदै एकता कायम राख्नुपर्ने सुझाब दिने तयारी गरेका छन् ।

समूहले दिने सुझावका आधारमा समूहले भावी कार्यदिशा तयार गर्नेछ । खनाल नेपाल समूह ओलीले एकलौटी गरेको भन्दै आन्दोलनमा छन् । हिजोदेखि शुरू भएको राष्ट्रिय कार्यकर्ता भेला आजै सक्ने तयारी छ ।