देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले संसदीय दलको बैठक बालुवाटारमा

देशान्तर

केपी शर्मा ओली पक्षीय नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उक्त बैठकमा झलनाथ खनाल र माधव नेपाल पक्षीय सांसद भने सहभागी नहुने बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि एमालेभित्र विवाद झन झन बढ्दै गएको छ । ओली तथा खनाल र नेपालले आ आफ्नो भेला अलग अलग राख्दै आएका छन् ।

भेलामा एक अर्कामाथि आरोप प्रत्यारोप लगाउन होडबाजी नै चल्ने गरेको छ । खनाल र नेपाल पक्षको पनि बुधबारदेखि राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ ।