देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बैठक बहिष्कार गरेका नेपाल–खनाल पनि एमाले संसदीय बोर्डमा सदस्य

देशान्तर

काठमाडौ । नेकपा एमालेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा संसदीय बोर्ड गठन गरेको छ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले २७ सदस्यीय बोर्ड समिति गठन गर्दै २४ जना मनोनित गरेको छ।

बोर्डमा बैठकमै नभएका झलनाथ खनाल र माधवकुमार नेपाललाई सदस्यमा राखिएको छ।अर्को बैठक ७ गते बिहानका लागि बोलाइएको छ।

आजको संसदीय दलको बैठक खनाल – नेपाल समूहले बहिष्कार गरेको थियो। बैठकमा अनुपस्थित भएपनि ओलीले नेता नेपाल र खनाललाई बोर्डमा राखेका हुन्।