देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाल-नेपाल समूह संसदीय दल र केन्द्रीय कमिटीको बैठकमा नजाने

देशान्तर

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओ‌लीले शनिबारका लागि बोलाएको संसदीय दल र केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको शुक्रबार बानेश्वरमा बसेको बैठकले प्रधानमन्त्री निवासमा बैठक राखेर दललाई निजीकरण खोजिएको र २८ फागुनको बैठकका निर्णय खारेज नभएसम्म भोलिका लागि आह्वान गरिएका केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी ओलीले दललाई निजीकरण गरेको भन्दै उक्त बैठकमा सहभागी नहुने खनाल-नेपाल समूहले अडान राखेका छन् । संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद भवन, बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकर गरिएको नेपाल समूहको निष्कर्ष छ ।

यस्तै केन्द्रीय समितिको बैठकमा पनि आफ्ना गुटका नेतालाई मात्रै खबर गरी अवैध ढंगले भेला गरिएकोमा नेपाल पक्षले आपत्ति जनाएको छ । विधान उल्लंघन गरिएकोले उक्त बैठक खारेज नगरिएसम्म केन्द्रीय समिति बैठक बस्न नसक्ने भएकाले शनिबार बोलाइएको प्रचारित बैठकमा सहभागी नहुने नेपाल पक्षले जनाएको हो ।