देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बंगलादेशसँगको पहिलो एक दिवसीयमा न्युजिल्याण्ड विजयी

देशान्तर

काठमाण्डौ . बंगलादेशसँगको पहिलो एक दिवसीय क्रिकेटमा न्युजिल्याण्ड विजयी भएको छ ।

घरेलु टोली न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो । बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर भेट्टायो ।

न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित ४९ रन जोडे । यस्तै मार्टिन गुप्टिलले ३८ र डेभोन कोनवेले २७ रन बनाए । बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो ।

न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ तथा जेम्स निशम र मिचेल स्टानरले २ – २ विकेट लिए । जितसँगै न्युजिल्याण्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।