देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माधव नेपालसहितका नेतालाई स्पष्टीकरण सोध्ने ओली पक्षको निर्णय

देशान्तर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको बैठकले पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आफु निकटको केन्द्रीय कमिटी बैठकले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुमाथि पार्टीहितविरुद्ध काम गरेको तथा पार्टी नेतृत्व र सरकारलाई बद्नाम गराउन गुटगत भेला गरेको आरोप छ ।

यसैगरी बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्द सूचीमा रहेको नाम हटाउने राख्ने या हेरर्फेर गर्ने अधिकार पार्टी अध्यक्षलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ ।
यसैगरी, पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको विदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार प्रत्यायोजन गरिएको छ ।

नेकपाभित्र विवाद चुलीमा पुग्दै गर्दा आज केन्द्रीय कमिटी बैठक डाकिएको हो । तर, नेपाल खनाल समूहले बैठक बहिष्कार गरेको छ । आज संसदीय दलको बैठकमा पनि नेपाल खनाल समूहका तीन सांसद मात्र पुगेका थिए । बामदेव गौतम तटस्थ भूमिकामा छन् । उनी पनि बैठकमा पुगेका थिए ।