देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री लाई विप्लवको आग्रह

देशान्तर

काठमाडौँ– आफूहरुबीच भएको सहमति कार्यान्वयनको गर्न नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रधानमन्त्री केपी शर्मा ओली समक्ष माग गरेका छन्।

सोमबार बालुवाटार पुगेका विप्लवले प्रधानमन्त्री ओलीसमक्ष फागुन २० गते भएको तीन बुँदे सहमति अन्तर्गत आफ्ना साथीहरुको रिहाइ र मुद्दा फिर्ताका लागि आग्रह गरेका हुन्।

उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको नेकपाका नेता उदय चलाउने ‘दिपक’ले जानकारी दिए। ओली र विप्लवबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बुझिएको छ।