देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक सुरु भएको छ। बैठक पार्टी कार्यालय सानेपामा केहीबेर अघिबाट सुरु भएको हो।

बैठकमा समसायिक राजनीति, कांग्रेसको १४ औं महाधिवेशनको क्रियाशील सदस्यताको टुंगो लगायतका विषयमा छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कांग्रेसको आगामी भदौमा महाधिवेशन गर्नैपर्ने बाध्यता छ। भोलि मंगलबारसम्म क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा नदिएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन दबाबमा परेको कांग्रेसले सरकारको विषयमा आजको बैठकमा स्पष्ट धारणा ल्याउने उनले बताए।

पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुबीच पार्टी कार्यालयकै एक कोठामा छलफल भएको थियो । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला ओली सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन्।