नेकपा माओवादी केन्द्रले आज स्थायी कमिटी बैठक बोलाएको छ ।
बिहान ८ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
यस अगाडि बसेको माओवादीको केन्द्रीय समिति बैठक केही दिनका लागि स्थगित भएको थियाे । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गर्ने गरी सर्वोच्च अदालतले गरेको फैसलामाथि छिट्टै पुनरावलोकनका लागि जाने माओवादी केन्द्रको केन्द्रीय बैठकले निर्णय गरेको छ ।
बैठकमा माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले प्रत्युत्तर नदिएकाले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने भएको छ । नेकपा माओवादी केन्द्रले मुख्यतया दुई दल, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको थियो ।
आजको स्थायी कमिटी बैठकले सरकारको समर्थन फिर्ता लिने, नयाँ सरकार निर्माणका लागि गठबन्धन, एमालेमा गएकानेताहरुलाई कारवाही गर्नेलगायतको विषयमा छलफल हुने एक स्थायी समिति सदस्यले जनाएका छन् ।
सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई मान्यता नदिएपछि दुई पार्टी ब्यूँतिएका हुन् । नेपाल कम्युनिस्ट पार्टी आफ्नो नाममा दर्ता भएकाले सोही नामको ओली–दाहाल अध्यक्ष रहेको दल खारेज गर्न रिट निवेदक ऋषिराम कट्टेलले दिएको निवेदनमा सुनुवाइ गर्दै अदालतले बदर गरी उनकै पक्षमा निर्णय सुनाएको थियो ।





प्रतिक्रिया