देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपालमा कम्युनिस्ट पार्टीको हालत निभ्ने​ बेलाको दियोजस्तै : बालकृष्ण खाण

देशान्तर

काठमाडौं – नेपाली कांग्रेस​ केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले नेपालमा कम्युनिस्ट पार्टी निभ्ने​ बेलाको दियोजस्तै भएको बताएका छन् । रुपन्देहीमा नेपाली कांग्रेस केन्द्रीय महिला विभागको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट राज्य स्थापना गर्न चाहेको आरोप लगाए ।

ओली सरकारको तीनवर्षे चरित्र हेर्दा कम्युनिस्ट राज्य स्थापना गर्न चाहने खालको भएको, तर नेपालमा कम्युनिष्ट पार्टी निभ्ने​ बेलाको दियो जस्तै भएको उनको भनाइ थियो । नेता खाणले भने, ‘जतिसुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्युनिस्ट निभ्ने बेलाको दियो हो ।’

कांग्रेस केन्द्रीय सदस्य डिना उपाध्यायले पार्टीमा अब एक तिहाई महिलाको सहभागिता हुने भन्दै जिम्मेवारी थपिएको बताइन् । विश्वका महिला र नेपालका महिलाको लेखा जोखा गर्नुपर्ने बेला आएको उनको भनाइ थियो । कार्यक्रममा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर, लेखा समिति संयोजक भरत शाह र लुम्बिनी प्रदेश संसद निर्मला केसीले सम्बोधन गरेका थिए ।