देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

स्वास्थ्य मन्त्रालयको अपील- खुला स्थानमा नबसौं, धूलोधुँवा उड्ने व्यवसाय स्थगन गरौं

देशान्तर

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्रको वायु प्रदूषण निकै बढेको भन्दै सावधानी अपनाउन अपील जारी गरेको छ । मन्त्रालयले घर बाहिर खुला स्थानमा नबस्न, मर्निङवाक नगर्न, फोहोर नजलाउन आग्रह गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले शुक्रबार साँझ अपीलमा बालबालिका, दीर्घरोगी, ज्येष्ठ नागरिकहरुको विशेष ख्याल गर्न, धूलोधुँवा उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्यहरु केही दिनलाई स्थगन गर्न र सवारी साधन वा पेसा व्यवसायका कारण हुनसक्ने वायु प्रदूषण कम गर्न अत्यावश्यक नभई सवारी साधनहरु नचाउन आग्रह गरिएको छ ।