देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महेश बस्नेतले भेटे रेशम चौधरीलाई

देशान्तर

काठमाडौं । एमाले नेता महेश बस्नेतले रेशम चौधरीलाई भेटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका दूत बनेर डिल्लीबजार कारागार पुगेका बस्नेतले चौधरीलाई भेटेका हुन् ।

पछिल्लो समय एमाले र जनता समाजवादी पार्टी (जसपा) बिच सत्ता समीकरण हुने विषय चलिरहँदाको यो भेटलाई चासोका साथ हेरिएको छ । एमालेसँग सत्ता समीकरण गर्ने कि नगर्ने भन्ने विषयमा जसपाभित्र दुईथरी धारणा बनेका छन् । नेताहरु डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीलाई सत्ताबाट बर्खास्त गर्नुपर्छ भन्ने पक्षमा छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नो माग पूरा भए सरकारमा जाने पक्षा छन् ।

यसअघि बिहीबार मात्रै नेता महतो चौधरीलाई भेट्न कारागारमै पुगेका थिए । नेता महतोमार्फत् चौधरीले एक स्पष्टीकणसमेत पठाएका थिए । जहाँ, पार्टीको निर्णयमा आफू बाधक नबन्ने उल्लेख गरेका थिए । सत्ता सहकार्यको विषयमा आफू मुछिएपछि चौधरीले त्यस्तो स्पष्टीकरण दिएको बताएका छन् ।

तत्पश्चात् हिजो मात्रै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पनि चौधरी रिहाइको माग गरिरहेका थारु कल्याणकारी सभाका पदाधिकारीहरुसँग भेटेर रिहाइका लागि वार्ता टोली बनाउर आउन आग्रह गरेका थिए ।