देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रचण्डलाई महन्थले भने- ओलीलाई समर्थन गर्ने तपाईहरु, आरोप हामीमाथि ?

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरुले नभई नेकपा माओवादीले सरकारको समर्थन गरिरहेको बताएका छन् ।

शनिबार नागरिक आन्दोलनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सबभन्दा धेरै समर्थन माओवादी केन्द्रले गरेको तर, दोष आफूहरुमाथि लाग्ने गरेको उनले बताए । ओली सरकारमा भएको कारण आफूहरुले माग पुरा गराउनका लागि उनीसँग कुरा गरेको उनको स्पष्टोक्ति थियो ।

उनले आफूहरुले नेकपा माओवादी केन्द्र र प्रचण्डको विरोध नगरेको पनि बताए । उनले प्रचण्डलाई प्रश्न गर्दै भने, ‘कुन ठाउँमा हामी तपाईंको विरोधमा गएका हौं । तपाईंको पीडा र हाम्रो पीडा फरक रहेको छ, तपाईंको पीडा सरकारको लागि हो भने हाम्रो पीडा अधिकारका लागि हो ।’

उनले संविधानमा देश बहुभाषिक र बहुजातीय भने पनि एउटै भाषा र एउटै भेष रहेको टिप्पणी गरेका छन् । प्रचण्डले आफूहरु मधेसी दलबीच सहकार्यको जरुरी रहेको बताउँदै आफ्नो पार्टी सँधै पहिचानको पक्षमा रहेको बताएका थिए ।