देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेलम्चीको पानी छाडियो, आधा घण्टामा धारा धारामा आउने

देशान्तर

काठमाडौं । मेलम्चीको पानी काठमाडौं बासीको धारा धारामा पठाइएको छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेयलका प्रमुख मिलन शाक्यले आइतबार दिउँसो पानीको चाबी खोलेर उपभोक्ताको धारामा मेलम्चीको पानी पठाएका हुन्।

अहिले मेलम्चीको पानी छोडिसकेको र अबको आधा घन्टापछि चावहिललगायत अन्य ठाउँका
ग्राहकको धारामा पुग्ने शाक्यले बताएका छ्न्।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउनेछ। आजबाट पाँच दिनसम्म दैनिक चार करोड लिटर पानी वितरण गरिने बताइएको छ।