देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनले अनुदानमा दिएको ८ लाख डोज कारोनाविरुद्धको खोप नेपाल आइपुग्यो

देशान्तर

काठमाडौं । चीन सरकारले दिएको कारोना भाइरसविरुद्धको खोपलगायतका सहायता सामग्री आज नेपाल आइपुगेको छ।

सहायता समाग्री लिन चिन गएको नेपाल एयरलाइन्सको विमान आज बिहान ८ बजेर ४२ मिनेट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ।

खोप चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री ह्दयश त्रिपाठीलाई हस्तान्तरण गरिन्। विमान हिजो बेलुकी खोप लिन बेइजिङ गएको थियो।

यही चैत १ गतेको मन्त्रिपरिषद्को बैठकले चीनले सहयोगस्वरुप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ लगायत सहायता सामग्री स्वीकार गर्ने निर्णय गरेको थियो।

सोही निर्णय अनुसार आठ लाख मात्रा खोपलगायत अन्य सहायता सामग्री लिन निगमको जहाज बेइजिङ गएको थियो।