देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

देशान्तर

काठमाडौ । नेकपा–एमालेको असन्तुष्ट पक्षले वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव फिर्ता लिएको छ।

वागमती प्रदेश सभा सदस्य रचना खड्काका अनुसार सो समूहले हिजो मंगलबार अविश्वास प्रस्ताव फिर्ता लिएको हो।

आज वागमती प्रदेशको एमाले संसदीय दलको बैठक पनि राखिएको छ। पार्टीभित्र वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको असन्तुष्ट समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गरेको अविश्वास प्रस्ताव पनि हिजो मंगलबार नै फिर्ता लिएको थियो।