देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा बैठक सुरु नहुँदै बाहिरिए माधव नेपालसहितका नेताहरु

देशान्तर

काठमाडौँ – प्रतिनिधिसभा बैठक सुरु हुनु अघि नै संसद भवनबाट माधवकुमार नेपाल लगायत उनी पक्षीय एमालेका केही नेताहरु बाहिरिएका छन् ।

प्रतिनिधिसभाको बैठक केहीबेरमा बस्दै छ। तर माधवकुमार नेपाल, धनश्याम भुषाल, योगेश भट्टराई लगायतका सांसदहरु संसद भवनबाट बाहिरिएका छन्।

उनीहरु एक बजे भन्दा अगाडि नै संसद भवन पुगेर बैठक सुरु नुहँदै बाहिरिएका हुन्। आजको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै संविधानसभामा सांसद रहेकी लक्ष्मीदेवी भण्डारीको निधन भएकोमा पनि शोक प्रस्ताव पेश गर्ने कार्यसूची छ।

यस्तै प्रधानन्त्री केपी शर्मा ओलीले विभिन्न वार्षिक प्रतिवेदनहरू पेश गर्ने सम्भावित कार्यसूची छ