देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

माओवादी केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा

देशान्तर

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा केहीबेरमा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल हुने बताइएको छ ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेको फैसलाले नेकपा एकता भंग भई पूर्ववत अवस्थामा फर्किए पनि माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।

आजको बैठकमा समर्थन फिर्ता लिने निर्णय हुन सक्ने बताइएको छ । केही दिनअघि काठमाडौँको प्रज्ञा भवनको डबलीमा नागरिक समाजले गरेको बहस कार्यक्रमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिने निर्णय केही दिनभित्रै हुने बताएका थिए ।

मंगलबार काँग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँगको छलफल पछि अध्यक्ष दाहाल समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको अनुमान गरिएको छ ।