देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै

देशान्तर

नेकपा एमाले खनाल-नेपाल समूहको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक काठमाडौँको कलंकीस्थित मेगा बैंक्वेटमा बिहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकले थप रणनीति तय गर्ने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहको उपस्थितिबिना नै विधान संशोधन, केन्द्रीय कमिटी विस्तार र महाधिवेशन आयोजक कमिटी बनाएपछि खनाल–नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ ।

खनाल नेपाल समूहले अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा भ्रातृ संगठनहरुमा समानान्तर कमिटी बनाइ सकेको छ । बिहीबार मात्रै खनाल नेपाल समूहले समानान्तर कास्की जिल्ला कमिटी गठन गरेको थियो ।