देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको पतन यहि महिनाभित्र हुन्छ : बानियाँ

देशान्तर

चितवन । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीको पतन यहि चैत महिनाभित्र हुने बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बानियाँले ओलीको सत्ता मोहका कारण मुलुक संकटमा फस्दै गएको जिकिर गरे । सरकार गरी खानेभन्दा ठगी खानेतर्फ अग्रसर भएको बानियाँको भनाइ थियो ।

सरकारले जनतालाई झुठो आश्वासन बाँडेको भन्दै उनले ओलीको पतन यही महिनाभित्र हुने दाबी गरे । कम्युनिष्टले मुलुकलाई घात गरेको भन्दै बानियाँले जनअपेक्षा अनुसार काम गर्न नसक्ने सरकारले राजीनामा दिनु पर्ने बताए ।