देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाल नेपाल समूहको काठमाडौंमा जिल्ला कमिटीको भेला सुरु

देशान्तर

काठमाडौं . नेकपा एमालेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको काठमाडौं जिल्लास्तरीय भेला सुरु भएको छ। देशव्यापी रूपमा पार्टीको कमिटी गठन गर्ने अभियानअन्तरर्गत काठमाडौंमा जिल्ला कमिटीको भेला सुरु भएको हो।

भेलालाई झलनाथ खनाल, माधव नेपाल,अष्टलक्ष्मी शाक्यलगायतले सम्बोधन गर्ने बताइएको छ। खनाल नेपाल समूहको काठमाडौं अध्यक्ष वसन्त मानन्धरलाई बनाउने तयारीसमेत गरेको छ।

शनिबार बसेको स्थायी कमिटी बैठकले देशभर वडा तहसम्म कमिटी विस्तार गर्ने निर्णय गरेको थियो।