देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुढानिलकण्ठमा बसेको तीन दलको बैठक सकियो, जसपाले थप समय माग्यो

देशान्तर

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बैठक सकिएको छ।

शुक्रबार दिउँसो बुढानिलकण्ठमा बसेको तीन दलको बैठकमा नयाँ सत्ता समीकरणबारे कांग्रेसले पहिलोपटक औपचारिक रुपमा तीन दलबीच प्रस्ताव राखेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

बैठकमा जनता समाजवादी पार्टीले नयाँ सत्ता समीकरणबारे पार्टीभित्र थप छलफल गर्नुपर्ने भन्दै समय मागेपछि पुनः बैठक बस्ने सहमतिका साथ आजको बैठक सकिएको प्रवक्ता शर्माले जानकारी दिए।