देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि मात्रै पाउने प्रावधान हटाउन जसपाको माग

देशान्तर

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले नागरिकता सम्बन्धी विधेयकको प्रतिवेदनबाट वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने प्रावधान हटाउन माग गरेको छ ।

७ असार २०७७ मा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट पारित ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन’मा वैवाहिक अंगीकृत नागरिकता पाउन विवाह गरेर नेपाल आई निरन्तर ७ वर्षसम्म नेपालमै बसोबास गरेको हुनुपर्ने प्रावधान छ ।

‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोवास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’ नागरिकता विधेयकको प्रतिवेदनको बुँदा नम्बर ४ मा भनिएको छ ।

यो प्रावधान हटाएर जतिसक्दो छिटो नागरिकता विधेयक पारित गर्न जसपाले माग गरेको हो । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै जसपाका सांसद प्रदीप यादवले भने, ‘म नेपाल सरकार र राज्य व्यवस्था समितिलाई अनुरोध गर्न चाहन्छु– वैवाहिक अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने जुन प्रावधान छ यो हटाएर नागरिकता विधेयक अगाडि बढाइयोस् ।