प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।
स्रोतका अनुसार बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको हो । आयोजक कमिटीको पहिलो बैठक बसेको दुई दिनपछि पुनः बैठक बोलाउनुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।
स्पष्टिकरण सोधिएका नेता तथा सांसदहरुका बारेमा निर्णय हुनसक्ने अनुमान गरिएको छ । फ्लोर क्रस गर्ने कर्णालीका चार सांसदलाई पदबाट हटाउने निर्णय भइसकेको छ भने बाँकी २४ जनाका बारेमा निर्णय हुने अनुमान गरिएको छ ।
गत शुक्रबार सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकले माओवादी केन्द्रबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरेको थियो । उक्त स्थायी कमिटीमा माधव नेपाल र झलनाथ खनाल समूहका नेता तथा महिलालाई समावेश गरिएको थिएन ।





प्रतिक्रिया