देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था गर : राप्रपा

देशान्तर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कोरोना संक्रमितको निःशुल्क र सहज उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै राप्रपाले संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप ल्याइ सबै नागरिकलाई प्रदान गर्ने व्यवस्था तत्काल गर्न पनि माग गरेको छ ।

“संक्रमितहरुको निःशुल्क र सहज उपचार हुने व्यवस्था तत्काल मिलाइ प्रभावकारी कूटनीतिक प्रयासद्वारा संसारको कुनै पनि देशबाट कोरोनाविरुद्धको खोप उपलब्ध गराइ सहज रुपले सम्पूर्ण नेपालीलाई खोप लगाइहाल्ने प्रभावकारी व्यवस्था तत्काल गर्न नेपाल सरकारसँग राप्रपा हार्दिक अपिल गर्दछ,” विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यमा सरकारसँग आवश्यक समन्वय गरी सहयोग गर्न राप्रपा तयार रहेको पनि जनाइएको छ ।