देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खोप प्रकरणमा प्रधानमन्त्री ओली आफैँ संलग्‍न भएको आरोप

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका नेता गगनकुमार थापाले खोप प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली आफैँ संलग्‍न भएको आरोप लगाएका छन्।

सामाजिक संजाल ट्विटरमा उनले खोप प्रकरण अनियमित मात्र नभई एक अपराध भएको पनि बताएका छन्।

जो आरोपित छ उनैलाई छानबिन गर भन्नुको केही अर्थ नभएको उनले उल्लेख गरेका छन्। संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्ने उनले स्पष्ट पारेका छन्।

ु खोप प्रकरणमा सार्वजनिक तथ्यले प्रस्ट पार्छ(जे भयो त्यो अनियमितता मात्र होइन,अपराध हो र त्यो सबै लाई थाहा थियो तर,रोक्नुभएन अर्थात् आफैँ संलग्न हुनुभयोु, थापाले लेखेका छन्, ु जो आरोपित छ। उनैलाई छानबिन गर भन्नुको केही अर्थ छैन।

संसदले यो अपराधको जरासम्म पुगेर छानबिन गर्ने दायित्व पूरा गर्नुपर्छ।