काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ता सकिएको छ ।
शुक्रबार साँझ देउवा निवास बूढानीलकण्ठमा भएको भेटमा वैशाख २७ गतेको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको हो । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेपाली कांग्रेस र माओवादी मिलेर प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताप ल्याउने तयारी गरेका छन् ।
देउवा र प्रचण्डबीचको भेतवार्ताले ओलीविरुद्धको रणनीति थप कसिलो बताइन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भएपछि राजनीतिक सरगर्मी बढेको छ ।





प्रतिक्रिया