देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओली अवैध अध्यक्ष हुन्, :भीम रावल

देशान्तर

काठमाडौं –नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओेलीलाई अवैध अध्यक्षको संज्ञा दिएका छन्।

नवौँ महाधिवेशनको रक्षाका लागि ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको समेत उनले बताए।

उनले भने, ‘हिजो माधवकुमार नेपालले पार्टीगत रुपमा विश्वासतको मत दिनुपर्ने हो भने भने एकलौटी निर्णय फिर्ता हुनुपर्छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्षको तर्फबाट पत्र पठाउनुभएको थियो। तर, उहाँले एकता चाहनुभएको देखिएन।’

ओलीले अहंकारयुक्त पत्रले पार्टी एकताको पक्षमा नरहेको स्पष्ट पारेको सुनाए। ओली राजनीतिक अस्थिरताको पक्षमा लागेको आरोपसमेत लगाए।

नेकपा एमालेको माधव नेपाल समूहले सिंहदरबारमा बैठक बसेर आजको संसद बैठकमा उपस्थित पनि नहुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत पनि नदिने निर्णय गरिसकेको छ।