देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा नयाँ सरकार गठनमा संलग्न हुँदैन : महन्त ठाकुर

देशान्तर

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टी अर्काे सरकार निर्माणमा संलग्न नहुने बताएका छन् ।

साेमबार राति जारी विज्ञप्तिमा ठाकुरले आफ्ना पार्टीले उठाएका मुद्दाबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएका वार्ता सकारात्मक तथा कार्य–प्रगतिसमेत भइरहेकाले आफू अर्काे सरकारका पक्षमा नरहेको उल्लेख गरे ।

विज्ञप्तिमा जसपा सत्ता प्राप्तिभन्दा एजेन्डा सम्बोधनमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भई सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि वैकल्पिक सरकार गठनमा संलग्न हुने कार्य पार्टीको उद्देश्यविपरीत हो भनिएको छ ।

यस्तै यस्तो कार्य मधेस आन्दोलन र भावनाको प्रतिकूल हो भन्दै त्यसबाट झन् अस्थिरता हुने तथा एजेन्डा सम्बोधनको कार्य अझै अनिश्चिततातर्फ धकेलिने निश्चितप्रायः छ, भनिएको छ ।