देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामकाे प्रस्ताव ‘सर्वदलीय सरकार बनाऔं’

देशान्तर

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वदलीय सरकार बनाउनु पर्ने बताएका छन् । 

बुधबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा राख्दै भट्टराईले अहिलेको देशको संकट समाधान गर्नका लागि सबै दलको सहभागिताको सरकार बनाउन प्रस्ताव गरेका छन्।

सरकारको नेतृत्व भने अहिलेका पूर्व प्रधानमन्त्री बाहेकले गर्नुपर्ने भट्टराईको तर्क छ । यस खालको सरकारको कोभिड–१९ नियन्त्रण, सत्य निरुपण तथा मेलमिलाप आयोगका मुद्दा, संविधान संशोधन लगायत साझा एजेण्डा रहनु पर्ने उनको भनाइ छ । 

साथै यही सरकारले १ वर्षभित्र निर्वाचन गर्नेगरी सहमति गर्न पनि उनले प्रस्ताव गरेका छन् ।