देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेका नेता पशुपति चौलागाईंको काेराेनाबाट निधन

देशान्तर

कोरोना भाइरसको संक्रमणबाट नेकपा एमालेका नेता पशुपति चौलागाईंको निधन भएको छ।

वाग्मती प्रदेशसभाका सदस्य चौलागाईँको उपचारका क्रममा स्वयम्भुस्थित मनमोहन अस्पतालमा मंगलबार राति निधन भएको हो।

कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेशनमा बसेका थिए । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि चौलागाईंलाई वैशाख २२ गते भर्ना गरिएको थियो।

स्वास्थ्यमा समस्या देखिएपछि उनको वैशाख २० गते पिसीआर परीक्षण गरिएको थियो । चौलागाईंलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको हो । नेता चौलागाईं दोलखा (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

युवा संघका पूर्व अध्यक्ष चौलागाई यसअघि दोलखाबाट दुई पटक संघीय संसदको सांसदमा निर्वाचित भएका थिए।