देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गण्डकीका मुख्यमन्त्री गुरुङद्वारा शपथ ग्रहण

देशान्तर

काठमाडौं – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको सपथ लिएका छन्। 

प्रदेश प्रमुख सीता पौडेलले गुरुङलाई सपथ गराएकी हुन्। यसअघि अविश्वासको प्रस्ताव दर्ता भएपछि गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रदेश प्रमुख पौडेलले दलहरूलाई बहुमतको सरकार गठनको लागि बुधबार दिउँसो ४ बजेसम्मको समय दिएकी थिइन्।

यो अवधिमा विपक्षीले बहुमत जुटाउन नसकेपछि संविधानको धारा १६८ (३) बमोजिम ठूलो दलको संसदीय दलको नेताका हैसियतले गुरुङ पुनः मुख्यमन्त्री नियुक्त भएका हुन्। उनले अब ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ।