देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

२ जेठ २०७५ मै फर्किने सहमति भएको हो : नेता नेपाल

देशान्तर

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तामा फागुन २८ गतेको निर्णय फिर्ता लिएर पार्टीलाई २०७५ जेठ २ मा फर्काउने विषयमा सहमति भएको बताएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकारहरूसँग कुराकानी गर्दै नेता नेपालले आफूहरुले राखेको ‘बटमलाइन’ प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वीकार गरेको बताएका हुन् । भने- ‘फागुन २८ गतेको निर्णय फिर्ता लिने र ०७५ जेठ २ अगाडिको एमाले बनाउने भन्नेमा उहाँ सहमत हुनुभएको छ ।’ अन्य सन्दर्भबारे कार्यदल बन्दैछ।’